मन्त्रिपरिषद् बैठकका १५ निर्णय
काठमाडाैं | असार २८, २०८०
काठमाडौं: सरकारले खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ । असार २६ गतेको मन्त्रिपरिषद् निर्णयले सो निर्णय गरेको हो ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै उहाँले सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विवकशील मुलुकको समूह ९जी२०० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा। प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।
थाइल्याण्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्र मन्त्रीहको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नृतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने, सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति २०८० असार २६ बाट लागू हुनेगरी एक महिना थप गर्ने, अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका नगरपालिका वडा नम्बर १०, १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय:


मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

